mero sathi tv

साउदी गएको १२ दिनमै रोल्पाका दुई युवा पक्राउ, उद्धार गरिदिन परिवारको आग्रह

साउदी पुगेका रोल्पाका दुई युवा जेल परेको भन्दै परिवारले उद्धार गरिदिन आग्रह गरेका छन् ।

२५ दिन अघि साउदी पुगेका त्रिवेणी गाउँपालिका जुगारका मोहनसिंह विक र तिलक विक जेल परेका हुन् । रोल्पाकै घर्ती गाउँका एजेण्ट भीम ओली मार्फत काठमाडौंको स्वस्तिक ओभरसिज सर्भिस म्यानपवारबाट जिमखानाको काम भनेर गएका उनीहरुलाई सप्लाई कम्पनीमा लगाइएको थियो ।

काम गर्ने ठाउँ परिवर्तन भइरहने भएकाले अकामा कार्ड (परिचय पत्र) नबनेका उनीहरुलाई साउदी पुगेको १२ दिन पनि नबित्दै काम गर्ने ठाउँबाट बाहिर निस्किएका बेला प्रहरीले पक्रिएको परिवारको भनाई छ ।

उनीहरुले जिमखानाको कामका लागि भनेर एजेण्टलाई जनही १ लाख १५ हजार रुपैयाँ बुझाएका थिए । परिवारले एजेण्ट र म्यानपावरलाई भनेपछि उनीहरु मार्फत दूतावासले नेपाल फर्काउन गरिरहेको बताएको छ ।

Leave A Reply

Your email address will not be published.