mero sathi tv

‘गल्ती सबैबाट हुन्छ, ठेस पुगे माफी चाहान्छु’ : प्रियंका

फिल्म छक्का पञ्जा की चम्पा अर्थात् नायिका प्रियंका कार्कीले नायिका ऋचा शर्मा र आफ्नो टिमबिभ भएको विवाद बारे लामो स्टाटस लेख्दै स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो स्टाटसमा लेखेकी छिन् । आफ्ना भनाईले कसैलाई व्यक्तिगत रुपमा ठेग लाग्न गएमा माफी समेत मागेकी छिन् । बुधबार साँझ प्रियंकाले आफ्नो फेसबुकमा लेखेको स्टाटस पुरा पढ्नुस् :


‘म आफ्नो गल्ती स्विकार्न कहिल्यै नहिचकिचाउँने मान्छे । यो सबै ‘कतगउष्मष्तथ मा आफ्नो सहभागिताको बारे सोच्दा मलाई पक्कै पनि दुःख लागेको छ । म कर्ममा विश्वास राख्ने मान्छे र कर्म गर्दा गर्दै पनि रमितामा फसेछु । कहिले काहीँ कति कुरा यस्ता भइदिन्छन् । जसको परिणाम कति सम्म हुन पुग्छ, थाहा नै हुँदैन् । एकाएक हाम्रो चलचित्रको बारेमा यस्तो त्यस्तो टीका टिप्पणी आयो भनेर पढ्दा नरमाईलो लाग्यो । रिस पनि उठयो ।
कसैले, त्यो पनि यसै क्षेत्रको व्यक्तिले नामै लिएर ‘हाम्रो फिल्म हेर्नेलाई मूर्ख’ भन्यो भन्दा मलाई पक्कै पनि दुःख लाग्नु स्वभाविक थियो । कयअष्ब िmभमष्ब मा हामीले हाम्रो कुरा अलि हतारमै राख्न पुगेछौँ । कसैलाई तल झार्नु वा व्यक्तिगत रुपमा नराम्रो भन्नु मेरो नियत पक्कै थिएन ।
तर, पछि पूरा कुरा बुझ्दा पनि ’आहा कति राम्रो गफगाफ’ भन्ने पनि पक्कै लागेन् । हो माने मूर्ख शब्द प्रयोग भएन तर बुझ्न पर्ने कुरा के छ भने ‘जथउयअचष्तभ अर्थात ‘पाखण्डी’ शब्द ‘मूर्ख’ भन्नु भन्दा झनै अपमानजनक शब्द हो (मेरो बिचारमा) । यहि ष्लमगकतचथ मा रहेर चलचित्र हेर्ने दर्शक, कुनै पनि चलचित्र हेर्ने दर्शकलाई जथउयअचष्तभ भन्नु चाहिं सहि हुँदै होइन ।
म आफै महिला र महिला हिंसा सम्बन्धी कुराहरुमा संवेदनशिल हुनुपर्ने कुरा बुझ्दछु, मान्दछु र यसलाई समर्थन पनि गर्दछु । तर, हामीले चालेको कदम ‘महिला हिंसा’ को बारेमा गरिएको टिप्पणीमा वा त्योसँग सम्बन्धित अन्य कुराहरुको बारेमा थिदै थिएन र जुन कुराको सुरुवात अर्को पक्षबाट भयो, त्यो पनि ‘महिला हिंसा’ सम्बन्धी कुराले भएकै हैन । कुरो र कुलो जता मोडियो, त्यतै मोडिन्छ ।
चलचित्र राम्रो नराम्रो भन्ने अधिकार सबैलाई छ, तर चलचित्रलाई लिएर कसैको ‘समझदारी’ प्रति प्रश्न उठाउनु चाही मलाई उचित लागेन । त्यसको चाहि म अझै पनि खण्डन नै गर्छु । चलचित्र छक्का पन्जा यहाँहरुलाई ‘राम्रो नराम्रो’ दुवै लाग्न सक्छ । म त्यसबारे बोल्दिंन । तर मैले आफ्नो पात्र बारे भने बोल्नै पर्छ । हो चलचित्रमा मेरो ‘चम्पा’ पात्र ले ‘थप्पड हान्छु’ भन्नेलाई विवाह गर्छु भन्छे, तर फिल्मको कुनै पनि अंशमा उसले थप्पड खाँदिन, उल्टो बिहे गरेपछि थप्पड हान्छु भन्नेलाई तह लगाउन खोज्छे र सफल हुन्छे पनि । त्यस्तै संगैको घरमा भइरहेको महिला हिंसा रोक्छे र यसबारे कानुनमा भएका कुरा गर्छे पनि यहाँहरुले सायद ‘थप्पड हान्छु’ भन्नेसंग विवाह गरेको हेर्नुभयो, त्यसपछि के भयो, हेर्नुभएन ।’

बाँकी गल्ती सबैबाट हुन्छ‘
रमिता भयो, रमितेहरुले रमिता उठाए पनि । कसै कसैलाई त यो ‘खेदो खन्ने सुनौलो मौका’ पनि भइदियो‘ । म कर्ममा विश्वास गर्ने मान्छे, नराम्रो लागेको कुरा लेखेँ जसको असर केही नराम्रो भयो होला, त्यसको मलाई दुः ख छ । कसैलाई ब्यक्तिगत ठेस पुग्न गएमा माफी माग्दछु । त्यो नियत कहिले पनि थिएन । अब कर्ममा ध्यान दिऔं, रमिता आजैबाट बन्द गरौं ।

Leave A Reply

Your email address will not be published.