mero sathi tv

घुम्न गएकी प्रेमीकासँग भयो झगडा, त्यसपछि प्रेमीले उठाए यस्तो कदम

प्रेम सम्बन्धमा रहेका एक जोडी छुट्टि मनाउनका घरबाट भ्रमणमा निस्किएका थिए। दुबै बीच केही कुरामा विवाद भयो। विवादका क्रममा प्रेमीले प्रेमिकालाई एक थप्पड हानेका थिए।

थप्पडका कारण युवती बेहोस भएर चट्टानमा लडिन्। उनको त्यही मृत्यु भयो। प्रेमिकाको मृत्यु भएपछि प्रेमीले युवतीको अनुहार ढुंगाले थिचेर त्यही जमिनमा गाडिदिए।

यो घटना भारतस्थित कोयंबटूरको हो। उनीहरु छुट्टि मनाउनका लागि कल्लार भन्ने स्थानमा गएका छन्। एक हप्तापछि युवती घर नफर्किएपछि परिवारले युवती वेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

अन्तिम कलका आधारमा प्रहरीले सोधपुछका लागि युवतीका प्रेमीलाई पक्राउ गरेको छ। सोधपुछका क्रममा उनले आफुले हत्या गरेको स्वीकार गरेका छन्। प्रहरीले युवतीको शव बरामत गरेको छ।

Leave A Reply

Your email address will not be published.