mero sathi tv

सवारी साधनको प्रदूषण जाँच गर्न थालियो

बुधबारबाट सवारी साधनमा प्रदूषण जाँच गर्न थालिएको छ। वातावरण मन्त्रालय, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र गुड्ने सवारी साधनको प्रदूषण जाँच गरेर अभियान सुरु गरेको हो।

काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ सवारी साधनको प्रदूषण जाँच सुरु गरिएको प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए। बुधबार सिंहदरबारभित्र गुड्ने १२ वटा सवारी साधनको प्रदूषण जाँच गरिएको छ।

जाँच गरिएका सबै सवारी साधन मापदण्डभित्र रहेको पाइएको बताइएको छ। यसैबीच, ट्राफिक प्रहरीलाई घुस दिएको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट सात जना चालकलाई कारवाही पनि गरिएको छ। सरकारले मापदण्डभन्दा बाहिर रहेका सवारी साधन संचालनमा रोक लगाउन सवारी साधनहरूको प्रदूषण जाँच गर्न पुन: सुरु गरेको हो।

Leave A Reply

Your email address will not be published.