mero sathi tv

कमेडी जनरामा ‘जयश्री दाम’, यी हुने भए कलाकार

कमेडी जनरामा फिल्म ‘जयश्री दाम’ बन्ने भएको छ । पुषको पहिलो सातादेखि छायाँकन सुरु हुने फिल्मलाई विप्लप उप्रेतीले निर्देशक गर्नेछन् । कलाकारहरु अमृत ढुंगाना, जेबिका कार्की, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, बिष्णु सापकोटाको फिल्ममा अभिनय रहनेछ ।

यस्तै ‘जयश्री दाम’ मा यसअघि ‘कारखाना’ निर्देशन गरेका निर्देशक अमरदिप सापकोटा पनि सहभागी छन् । उनी फिल्मका सह-निर्माता हुन् भने पटकथा र संवाद पनि तयर गरेका हुन् । मंकी टेम्पल प्रोडक्सन, नेशनल मिडिया प्रोडक्सन र सापकोटा जेआर प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा पृथ्वीराज उप्रेती र मनोज उप्रेतीको मुख्य लगानी र रविन आचार्यको सह लगानी रहनेछ ।

‘जयश्री दाम’ मा नवराज उप्रेतीको छायाँकन, मित्र डी. गुरुङको सम्पादन र विप्लप उप्रेतीकै कथा लेखन रहनेछ ।

Leave A Reply

Your email address will not be published.