mero sathi tv

‘सार्क फिल्म फेस्टिभल’मा नेपाली सम्पादक उत्कृष्ट

‘द सार्क फिल्म फेस्टिभल ०१७’ मा उत्कृष्ट सम्पादन सहित अन्य दुई विधामा नेपालले अवार्ड जित्न सफल भएको छ । फिल्म ‘डाईङ्ग क्यान्डल’ बाट भूपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड पाएका हुन् ।

सम्पादक अधिकारी

यस्तै फेस्टिभलमा ‘कालो पोथी’ ले उत्कृष्ट ओपन फिल्म र पाश्र्व संगीत गरी दुई विधामा अवार्ड पाएको छ । ‘कालो पोथी’को पाश्र्व संगीतकार जेसन कुँवर हुन् । २५ नोभेम्वरमा सम्पन्न सार्क फिल्म फेस्टिभलमा भारतले तीन, श्रीलंकाले चार, अफगानिस्तानले दुई तथा माल्दिभ्स र बंगलादेशले एक एक विधामा अवार्ड जितेका छन् । विजेताको तालिका हेर्नुस् :

Leave A Reply

Your email address will not be published.