mero sathi tv

आक्रमणमा घाइते कांग्रेस विद्यार्थी नेता अझै बेहोस्

आक्रमणमा परी घाइते भएका रोल्पाका युवकको अभै होस खुलेको छैन। सुवर्णावती गाउँपालिका–६ गजुलका युवक विष्णु केसी मंगलबार आक्रमणमा परी गम्भीर घाइते भएका थिए। मंसिर १० को चुनावमा नेपाली कांग्रेसबाट गजुल मतदान केन्द्रमा प्रतिनिधि बसेका केसीलाई गोविन्द महरासहितको समूहले आक्रमण गरेको बताइएको छ। नेपाल विद्यार्थी संघमा आबद्ध केसीलाई बाटोमा हिड्दै गरेको अवस्थामा एक्कासी आक्रमण भएको थियो। धारिलो हतियारले आक्रमण गरेको कांग्रेसका युवा नेता शेरबहादुर थापाले जानकारी दिए। नेता थापाले भने, ‘केसीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि लगिएको छ। अभैm होस खुलेको छैन।’ दोषी आरोपितको पहिचान नखुलेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुगेको प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए। दोषी पक्राउ पर्न सकेका छैनन्। मतदानको बेला माओवादी केन्द्रका मतदाताले फर्जी मत हाल्न खोज्दा कांगे्रसबाट प्रतिनिधि बसेका केसीले रोकेको झोकमा आक्रमण गरिएको पीडित परिवारको आरोप लगाएको छ।

Leave A Reply

Your email address will not be published.