mero sathi tv

घरबाट भागेर प्रेमीको घरमा पुगिन युवती, तर केही समयमै भयो यस्तो

आमाको किचकिचबाट दिक्क भएर छोरी घरबाट भागेर प्रेमीको घरमा पुगेपछि उनीहरुको प्रेम सम्बन्ध नाटकिट रुपमा ढल्किएको छ। किशोरी घरबाट भागेर प्रेमीको घरमा पुगेपछि उनीहरुको मुद्दा प्रहरीसम्म पुगेको छ।

किशोरी घरबाट भागेर प्रेमीको घरमा पुगेपछि त्यस विषयमा दिनभर पञ्चायत बसेर छलफल भएको छ। घरबाट भागेकी युवतीका विषयमा बालिका र नाबालिगका विषयमा छलफल भएको थियो। प्रहरीले युवतीलाई आश्रममा राख्ने तयारी गरेको छ। उक्त प्रेम सम्बन्धको लफडाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

यो घटना भारतको आगरास्थित हरीपर्वत थानाक्षेत्रको हो। उक्त क्षेत्रकै रोली नाम गरेकी युवतीले छिमेकी मोहनसँग प्रेम गरेकी थिइन्। उनी दुबैको गहिरो प्रेम रहेको थियो। युवकले औषधि सप्लाई गर्ने काम गर्दै आएका थिए। सोमबार बिहान युवतीकी आमाले विभिन्न छेडछाड गर्दै अहिले नै उसै सँग जा भन्ने जस्ता कुरा गरेपछि युवती प्रेमीको घरमा पुगेकी थिइन्।

प्रेमीको घरमा पुग्नासाथ युवतीका आमाबाबुले प्रहरीमा खबर गरेका थिए। प्रहरीले उनीहरुका विषयमा छानविन गरेको थियो। युवतीको विवाहको उमेर नपुगेपछि प्रहरीले उनलाई आश्रममा राख्ने तयारी गरेको हो।

मोहनसँगको प्रेम सम्बन्धको विषयलाई लिएर जहिलेपछि आफूलाई आमाबाबुले छेडछाड गर्ने भएकाले आजित भएर प्रेमीको घरमा पुगेको युवतीले बताइएकी छिन्।

Leave A Reply

Your email address will not be published.