mero sathi tv

साना काम त नगरपालिकाले गर्छ, मैले ठूला मुद्दा सम्वोधन गर्ने होः आरजू

पाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु देउवा राणा कैलाली ५ मा चुनाव जित्नका लागि भगिरथ प्रयासमा छिन् । उनलाई एकातर्फ वाम गठबन्धनको चुनौती छ भने अर्कोतर्फ कांग्रेसबाटै विवेकशील साझा पार्टी बनेकाहरुले भोट काटिदिने डर छ ।

 

मुलुककी ‘फस्ट लेडी’ को चुनावक्षेत्र भएकाले कैलाली ५ मा धेरै मानिसहरुको चासो रहनु स्वाभाविकै हो ।

कैलालीमा अहिले कांग्रेस नेतृ आरजुको चुनावी अभियान कसरी चलिरहेको छ र उनले के-कस्ता चुनावी मुद्दा अघि सारेकी छिन् भन्नेबारे अनलाइनखबरकर्मी उपेन्द्र पोखरेलले गरेको कुराकानीको सारसंक्षेपः

प्रचार प्रसारका क्रममा मतदाताको रेस्पोन्स कस्तो पाइरहनुभएको छ ?

सकारात्मक रेस्पोन्स पाइरहेकी छु । पहिलो त कांग्रेसको संगठन पनि छ । मेरा बारेमा जिज्ञासाका कारण पनि मानिसहरु आएको जस्तो लाग्यो ।

Leave A Reply

Your email address will not be published.