mero sathi tv

धुर्मुस-सुन्तलीको १० औं एनिभर्सरी: कामदारसँग सेलिब्रेसन, दर्शकलाई यस्तो कोशेली

नेपाली हाँस्यव्यंग क्षेत्रका चर्चित कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस सुन्तली १० औं बैवाहिक जीवनमा प्रवेश गरेका छन् ।

यस अवसरमा उनीहरुले एक गीत पनि सार्वजनिक गरेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरुको साथमा उनीहरुले १० औं एनिभर्सरी मनाए ।

आफैले निर्माण गरिरहेको सन्तपुर बस्तीका झण्डैं दुई सय ६१ कामदारलाई लड्डु खुवाएर उनिहरुले एनिभर्सरी सेलिब्रेसन गरे ।

उनीहरुले उत्कृष्ट काम गर्ने कामदार र स्थानियलाई पुरस्कार समेत दिएका छन् ।

एनिभर्सरी मनाउँदै धुर्मुस सुन्तलीले गीत पनि सार्वजनिक गरेका छन् ।

‘म जुन दिन देखी’ बोलको गीत रिलिज भएको छ । राजेश पायल राई र अन्जु पन्तको आवाजमा सजिएको गीतमा दिनेश थपलियाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ ।

भिडियोलाई धुर्मुस सुन्तली आफैंले निर्देशन गरेका हुन् । कतारमा समेत छांयाकन गरिएको भिडियोमा माया प्रेमको रोमान्स देखाईएको छ ।

Leave A Reply

Your email address will not be published.