mero sathi tv

रेखाले ‘जोक्कर’ भन्दा दीपाले भनिन् ‘थ्यान्क यु रेखा’, दीपक यसो भन्छन्

केहि दिनदेखि चर्किएको छक्का पन्जा टीम र ऋचा शर्मा बिच चर्किएको बिबाद हाल सामाजिक संजालमा छताछुल्ल भएको छ । कलाकारहरूले एक अर्काको समर्थन गर्दै स्टाटस लेख्ने देखि लिएर अरुको स्टाटसमा कमेन्ट समेत गरिएरहेका छन् । एक पत्रकारले नायिका ऋचा शर्मालाई समर्थन गर्दै लेखेको स्टाटसमा नायिका रेखा थापाले पनि ऋचालाई नै समर्थन गर्दै कमेन्ट गरेपछि उनी पनि यो बिबादमा अगाडि आईन् । उनले कमेन्टमा ‘Mama ….agree with you Ree Reecha Sunkesari Sharma video maa darsak lai murkha vaneko chhaina …she is intelligent women …k bolne k nabolne uslai thaa chha ….yeuta Mahila ko paxi lageko dekhera achamma lagi raa chha malai ……….खै, उनीहरुबाट सामाजिक रुपान्तरणको पनी अपेक्षा थियो ।

तर, जोक्कर भन्दा माथि नउठ्ने भए ।’ भनेर लेखेकी छिन् । उनले प्रयोग गरेको ‘जोक्कर’ सब्दलाई लिएर उनी समाचारको हेडलाईन बनिन् । उता नायिका बर्षा राउत, प्रीयंका कार्की र स्वस्तिमा खड्काले फेसबुकमा लेखेको ‘गेट वेल सुन’को स्टाटस भने यो बिबाद चर्किन थालेपछि देखिन छाडेको छ ।नायिका तथा निर्मात्री रेखाको यस्तो कमेन्टमा छक्का पन्जा निर्देशक दीपाश्रीले पनि कमेन्टमै थ्यान्क यु रेखा’ भनेर उनलाई रिप्लाई दिएकी छिन् । यता नायिका ऋचाले पनि आफुले दर्शक भएर मुल्यांकन गरेको तर, आफुले दर्शकलाई मूर्ख नभनेको बताउदै फेसबुकमा लामो स्टाटस लेखेकी छिन् । त्यस्तै निर्मात्रा तथा अभिनेता दीपकराज गिरिले पनि सबालमा जवाफ दिदै फेरि अर्को स्टाटस आज लेखेका छन् ।

उनले ‘महाभारतमा द्रौपदी माथि अन्याय हुन्छ, लछार पछार पारिन्छ, त्यसैले युद्द हुन्छ द्रौपदी जित्छिन् अन्याय गर्ने हार्छन् “रामायणमा“ मा रावणले सिता माथि अन्याय गर्छ र त्यसै कारणले उ अन्त्यमा मारिन्छ । दीपाजी तपाइले चाहि थप्पडै नहानि महिलाको जीत भाको देखाउन सक्नु पर्थ्यो….अन्याय नै नभइ महिलाले बदला लिएको देखाउनु सक्नु भएन ? deepa didi how could u Do this? महिला लाइ थप्पड़ ? कुतर्कको पछाडि भिड लाग्ला तर कुतर्क कुतर्क नै हो… पहिला अन्याय हुन्छ पछि न्यायले जित्छ ..’ भनेर लेखेका छन् । एक पछि अर्को बन्दै यो बिषयले जटिलताको बाटो लिदै छ । यो बिषयमा ऋचालाई भन्दा छक्का पन्जा टीमलाई धेरैले नकारात्मक प्रतिक्रिया दिईरहेका छन् । छक्का पन्जा टीमले ऋचाको लागि दिईएको ‘गेट वेल सुन’ उल्टै छक्का पन्जा टीमले नै पाईरहेका छन् । अब यो बिषयले कहाँ र कुन बिन्दुमा पुगेर विश्राम लिन्छ ? पर्खाई यति नै हो ।

Leave A Reply

Your email address will not be published.