mero sathi tv

ह्वात्तै घट्यो सुनको भाउ

गत साता देखिनै सुनको भाउमा निरन्तर उतारचडाव आइरहेको छ । हिजो तोलामा ३०० रुपैँयाले घटेको सुनको भाउ आज पनि सुनको भाउ तोलामै ३०० रुपैँयाले सस्तिएको छ । आज चाँदीको भाउ पनि ५ रुपैँयाले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५५ हजार ४०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७४०रुपैँयामा कारोवार भइरहेको छ ।

हिजो सुन प्रतितोला ५५ हजार ७ सय रुपैँयामा कारोवार भएको थियो भने चाँदी प्रतितोला ७४५ रुपैँयामा कारोवार भएको थियो ।

Leave A Reply

Your email address will not be published.