mero sathi tv

पुर्व पतिको चलचित्र ‘मंगलम’ हेर्न पुगेकी रेखाले हलबाट प्रतिकृया दिदै भनिन्, ‘छविको छोरा र म संगै हुर्केको’ (भिडियोसहित)

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘मंगलम’ले दर्शकबाट पाएको प्रतिक्रियाले साकारको कुरा सहि देखाएको छ । नवल नेपालको निर्देशनमा तयार भएको चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । जसकाकारण, शनिबार हलमा दर्शकको उल्लेख्य चाप देखिएको छ । चलचित्रका मुख्य कलाकार, शिल्पा पोखरेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाई विभिन्न हलमा पुगेका थिए ।

हलमा दर्शकको चाप र सुखद प्रतिक्रियाले कलाकार दंग देखिएका छन् । चलचित्रको वर्ड अफ माउथ राम्रो रहेकाले पनि आगामी दिनमा राम्रो कमाई गर्ने विश्वास निर्माणपक्षको छ ।

पारिवारिक चलचित्र निर्देशनमा नवल नेपालले यसअगाडि पनि आफ्नो खुबी देखाइसकेका हुन् । यसपटक पनि उनले तारिफ कमाइरहेका छन् । चलचित्र हेर्ने अधिकांशले कलाकारद्धय शिल्पा पोखरेल र पुष्पल खड्काको कामको तारिफ गरेका छन् । शुक्रबारदेखि रिलिज भएका ३ चलचित्रमा व्यापारिक रुपमा पनि ‘मंगलम’ अगाडि देखिएको छ ।

आज त्यही फिल्मको प्रेस शोमा उपस्थित भइन् अभिनेत्री रेखा थापा । रेखा छवीको ‘डिभोर्सी’ हुन् । हेर्नुहोस् भिडियोमा

Leave A Reply

Your email address will not be published.