mero sathi tv

बालिका बलात्कार विरुद्ध विद्यार्थीको प्रदर्शन

 यही फागुन १६ गते पर्सामा बालिकामाथि भएको बलात्कारमा संलग्न दोषिलाई अवलम्ब कारवाही गर्न माग गर्दै मंगलबार काठमाडौंस्थित पुल्चोक ईन्जीनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले विरोध प्रदर्शन गरेको छ ।

युनियनले पीडितलाई उपचारका साथै आवश्यक संरक्षणको व्यवस्था गर्न आग्रह गर्दै उक्त क्याम्पसका विद्यार्थीले यौनशोषण रोक्न खबरदारी तथा धर्ना दिएका हुन् ।

करिब १० बजेदेखि शुरु गरिएको धर्ना एक घण्टापछि विद्यार्थीले त्यस आसपास क्षेत्रमा पदयात्रा गरी महिलाहिंसा विरुद्ध लेखिएका प्लेकार्डलगायत विभिन्न सन्देशमूलक सामग्रीसहित प्रचार गरेका थिए ।

स्ववियु सभापति रोशन थापामगरले पछिल्लो समय महिलामाथि बलात्कार, कुटपिटजस्ता अनेकौं हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस्तो सामाजिक विकृति विरुद्ध समाजका सबै क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले कैलालीमा हालै बोक्सीको आरोपमा बालिका कुटपिट गर्ने दोषीलाई समेत कडा कारबाहीको माग गर्दै समाजलाई दुरगामी प्रभाव पार्ने घटनालाई कसैले पनि राजनीतिक हस्तक्षेप गर्ननहुने बताए ।

Leave A Reply

Your email address will not be published.