mero sathi tv

डाक्टर पढेका फर्केका छोरा विमानमा नै जलेर खरानी बन्दा यि बाबु विमानस्थलमा नै परे मुर्छा, एकमात्र छोराको दुखद निधनले पोखरा नै शोकमा

-विमान दुर्घटनामा परि पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका सञ्जय पौडेलको ज्यान गएको छ । युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा बंगलादेशस्थित जलालाबाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किदै गरेका पौडेल परिवारका एक मात्र छोरा थिए ।

उनका बाबु सञ्जयलाई लिन काठमाडौ विमानस्थलमा पुगेका थिए । बाबु बिमानस्थमा नै मुर्छित बनेका छन् ।उनका बाबु दामोदर पौडल पोखराको लेकसाइडमा व्यावसाय गर्दै आएका छन् । ताल घर भएका दामोदर उनका दुई भाई सहित पोखरामा लामो समय देखि व्यापार गर्दै आएका छन् । सञ्जय पोखराका मदरल्याण्ड माविबाट एसएलसि पास गरेका थिए ।एमबीबीएस सकेर फर्किए पनि बिमानमा नै अस्तायो संजयको डाक्टर बन्ने सपना  ।

Leave A Reply

Your email address will not be published.