mero sathi tv

साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित बहुप्रतिक्षित चलचित्र तिमि संगको ट्रेलर सार्बजनिक

शिशिर राणाकाे डेब्यु निर्देशकीय फिल्म ‘तिमीसँग’ २३ चैतमा रिलिज हुँदैछ । रिलिज नजिकिँदै गर्दा अाइतबार फिल्मकाे ट्रेलर सार्वजनिक गरिएकाे छ। फिल्ममा नाजिर हुसैन, साम्राज्ञी शाह र अाकाश श्रेष्ठकाे मुख्य भूमिकामा अभिनय गरेका छन् ।

साम्राज्ञी स्टारर भएकाेले नै फिल्मलार्इ धेरैले प्रतीक्षा गरिरहेका छन् । अाइतबार ट्रेलर रिलिज कार्यक्रममा पनि सबैका लागि साम्राज्ञी नै अाकर्षणकाे विन्दु रह्याे । समाराेह ट्रेलर रिलिजकाे भए पनि साम्राज्ञीले ट्याटु काण्ड र गाउँले भूमिका मन नपर्ने भन्ने विषयमा स्पष्टिकरण दिन बाध्य भइन् ।

फिल्म तिमीसँगकाे कथा लेखनमात्र हाेइन निर्माण पनि शिशिर राणा अाफैंले गरेका हुन् । काठमाडाैं, पोखरा, घोरेपानी, काँडापानी, घान्द्रुक, देउराली, पुनहिल, अन्नपूर्ण बेसक्याम्प, नवलपरासी लगायतका क्षेत्रमा छायांकन गरिएको फिल्मलार्इ सुशील क्षेत्रीले खिचेका हुन् । प्रमोद कार्की यसका डिओपी छन् ।

त्रिकोणात्मक प्रेमकथाले भरिएकाे फिल्ममा सांगीतिक फ्लेवर पनि पाइन्छ । फिल्मकाे संवाद सुमन उप्रेतीले लेखेका हुन् । स्क्रिप्टमा शिशिर र  सुमनलार्इ साकार ओझा र सुशील क्षेत्रीले सघाएका छन् ।

Leave A Reply

Your email address will not be published.