mero sathi tv

यो एउटै कारणले हुनसक्छ रणवीर–दिपिकाको ब्रेकअप, नजिकका साथीले गरे खुलासा

रणवीर सिंह र दिपिका पादुकोणको प्रेमको चर्चा निकै चल्ने गर्छ । तर उनीहरुका नजिकका साथीले उनीहरुबीच ब्रेकअपसमेत हुन सक्ने आशंका गरेका छन् ।

धेरै समय टाढा रहँदा उनीहरुबीच ब्रेकअप हुन सक्ने उनीहरुका नजिकका साथी तथा निर्देशक–निर्माता करण जौहरले आशंका गरेका हुन् । हालै करण एउटा रेडियो स्टेशनमा आरजे बनेका थिए । यही शोको एक भाग रिभर्स र्यापिड फायरमा करणले दिपिका र रणवीरबारे यस्तो कुराको खुलासा गरेका हुन् ।

करणसँग एक स्रोताले सोधेका थिए ‘यस्तो कुन जोडी छ जसको ब्रेकअप लामो समय टाढा रहेकै कारण हुन सक्छ ?’ जवाफमा करणले दिपीका रणवीरको नाम लिँदै भने ‘यस्तो लाग्छ यी दुई सधैं सँगै हुनुपर्छ । यिनीहरुलाई जतिबेला पनि एक अर्काको आवश्यकता पर्छ ।’

केही समय अघि दिपिका र रणवीरले यही वर्ष बिहे गर्ने चर्चा चलेपछि उनीहरुका प्रवक्ताले यो कुरा गलत भएको बताएका थिए । रणवीर र दिपिका ५ वर्षदेखि प्रेममा छन् । उनीहरु गोलियों की रासलिला रामलिलाको सुटिङका बेला नजिकिएका थिए ।

Leave A Reply

Your email address will not be published.