mero sathi tv

गर्लफ्रेण्ड र ड्राइभरलाई नाङगै बनाएर कुटे, नङ उखेलिदिए, बलात्कार गरेर भिडियो बनाए

आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध भएको आशंकामा एक व्यक्तिले आफ्ना ड्राइभर र आफ्नी गर्लफ्रेण्डलाई अपहरण गरे । दुवैलाई सुनसान ठाउँमा लिएर गए । दुवैलाई नाङगै बनाएर कुटे । गर्लफ्रेण्लाई बलात्कार गरेर भिडियो बनाए । कुट्दाकुट्दै औंलाको नङ उखेलिदिए । ड्राइभरलाई जबरजस्ती आफ्नी गर्लफ्रेण्डलाई बलात्कार गर्न लगाए । र, सडकमा फालेर गए । ती व्यक्तिलाई आफ्ना ड्राइभरको आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध भएको र आफ्नी गर्लफ्रेण्डले उसलाई सहयोग गरिरहेको आशंका थियो ।

भारतको सूरत सहरका अनिल काठी भन्ने ती व्यक्तिले आफ्नी गर्लफ्रेण्ड र ड्राइभरलाई आफ्ना ५ जना सहयोगीसँग मिलेर अपहरण गरी कुटपिट गरेका थिए । अनिलको एक सम्बन्धविच्छेद गरेकी महिलासँग ४ वर्षदेखि सम्बन्ध थियो । ती महिलाका बहिनी ज्वाइँ अनिलकहाँ ड्राइभर थिए । १५ घण्टासम्म ती दुईलाई अनिलले यातना दिएको बताइएको छ । बिहान २ बजे बाटोमा फालेर गएपछि ती पीडितले बाटोमा अर्कैको फोन मागेर फोन गरी आफन्तलाई बोलाएका थिए ।

पीडित महिला यतिसम्म डराएकी थिइन् कि प्रहरी र अधिकारकर्मीले ३ घण्टा सम्झाएपछि बल्ल उजुरी दिन तयार भएकी थिइन् । एक भारतीइ मिडियालाई घटना बताउँदै ती महिलाले भनिन् ‘शनिबार बिहान साढे १० बजे अनिलले फोन गरेर मलाई बोलाएका थिए । त्यो दिन कहिँ जानुपर्ने भएकोले सँगै जान भनेका थिए । अनिलले गाडी आफैं चलाए । मलाई आफ्नो छेउमा राखे ड्राइभर पछाडि थिए । गाडीमा अरु ५ जना पनि चढे ।

कार केही अगाडि गएपछि अनिलका साथीहरुले मयुर (ड्राइभर)लाई कुट्न थाले । हामीलाई सुनसान फार्महाउसमा लिएर गए । त्यहाँ अनिलले मेरो दाहिने खुट्टाको नङ उखेलिदए । म आत्तिएर चिच्याउँदै रहें । हेर्नेहरु हाँस्दै मलाई गाली गरिरहेका थिए । अनिलले कुट्दै मलाई बलात्कार गरे । अरुले भिडियो बनाए । त्यसपछि अनिलले मेरो सबै कपडा च्यातिदिएर जसलाई जे गर्न मन लाग्छ गर भन्दै छाडिदिए । त्यसपछि सबैले पालैपालो बलात्कार गरे । त्यसपछि हामीलाई त्यहाँबाट उठाएर रेलवे स्टेशननिर बाटोमै फालेर सबै गए ।’ प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.