mero sathi tv

दिउसो १२ देखि २ बजेसम्मको घाम स्वास्थ्यको लागि निकै हानिकारक !

सामान्यतय सुर्य बारे हामीलाई सामान्य जानकारी थाहा छ । मानव जीवन गजत मात्रै नभई सजीव प्राणीको जीवनचक्र चलिरहन सुर्यको प्रकाश (घाम) चाहिन्छ ।

तर हरेक कुरामा असल खराब हुन्छन यो कसैले भुल्नु हुदैन । बिहानको कलिलो घामबाट शरीरलाई चाहिने भिटामिन डी प्राप्त हुन्छ भने दिनको १२ बजेदेखि २ बजेसम्मको घाम स्वास्थ्यको लागि खतरनाक हुने एक अध्ययनले देखाएको छ । सूर्यको किरणमा रहेका अल्ट्राभाइलट अर्थात यूभी किरण सबैभन्दा बढि यहि बेला सक्रिय हुने भएकाले त्यसको सोझो प्रभाव स्वास्थ्यमा पर्ने गर्दछ ।

भारतको एम्स आर पी सेन्टरकी डा.राधिका टण्डनका अनुसार सूर्यका किरणको सबैभन्दा सक्रियता यहि बेला हुने गर्दछन् । हानिकार विकिरणका कारण आँखामा एलर्जी हुने संभावना निकै धेरै हुने गर्दछ । यति मात्र नभएर वातावरणमा भएको प्रदुषणका कारण पनि आँखामा एलर्जी हुने चिलाउने सुख्खा हुने समस्या देखिने गर्दछ । भारतमा गरिएको यस अध्ययनमा राजधानी दिल्लीमा बस्ने मानिसको आँखामा सुख्खापन अन्य ठाउँभन्दा २२.७ प्रतिशतले बढि रहेको रहेको छ ।

Leave A Reply

Your email address will not be published.