mero sathi tv

मनको इच्छा पुरा हुन्छ जाऊ है मनाकामना दर्शन गरौं |

नेपाल एउटा प्राकृतिक सम्पदाले धनि मुलुक हो । जहां अनेक प्रकारका जिवजन्तु वनजंगल खनिज हावापानी लगायत पर्यटकिय क्षेत्रहरुको यथेस्ठ संभावना भएको राष्ट« हो नेपाल ।

 

तरपनि यसको समुचित प्रयोगको अभावकै कारण ति अमुल्य सम्पदा खेर गइरहेका मात्रै छैन इतिहासको पानामा नै सिमित हुन पुगेका छन कतिपय पर्यटकिय हिसाबले महत्वपुर्ण मानिने स्थलहरु।

बिडम्बना के भने,पूर्व मेची देखि पश्चिम महाकाली सम्म रहेका विविध पर्यटकिय क्षेत्रहरु ओझेलमा परिरहेका छन् । हो हामीले तिनिहरुको उचित संरक्षण र सम्वद्र्धन गर्न सकिरहेका छैनौ । फलस्वरुप ति क्षेत्रहरु विस्तारै दुरुपयोग हुदै गईरहेको छ भने लोप हुने स्थितिमानै पुग्न थालेको छ ।

 

नेपालमा धेरै स्थानहरुमा मनकामना मन्दिर छन् । त्यस्तै मनकामना मन्दिर गोरखा जिल्लामा अवस्थित नेपालको एक महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थलको रुपमा परीचित छ ।
गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा मनकामना मन्दिर छ । सो तनहू, आँवुखैरेनीदेखि ५ किलोमिटर पूर्व र चितवन मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । समुद्री सतहदेखि १३०३ मिटर अग्लाईमा अवस्थित सो मन्दिरको परिसरबाटबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरतर्फ अन्नपुर्ण, हिम्चुली र मनास्लु हिमालका थुम्कोहरु देख्न सकिन्छ ।

भने, मन्दिर प्ररङगणबाट दुवै क्षितिजमा सुर्यादय सुर्यास्तका मनमोहक दृष्य देख्न सकिन्छ । मनकामना मन्दिर परिसरको चाँपको रुखमा भगवती देवीको वास प्रसिद्ध मनकाना मन्दिर दर्शन गर्न हजारौ भक्तजनहरु वर्षेनी गोरखा जाने र्गछन् । पूजाआजा गर्दछन् । बली दिन्छन् । परेवा उडाउछन् ।

 

आफ्नो मनले चिताएको कामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले सो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास छ । सोही जनविश्वासका कारण मानिसहरु सो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन सो मन्दिरमा जान्छन् ।

 

मन्दिर परिसरमा १५ भन्दा बढी देवी देउताहरुको मन्दिरहरु रहेका छन् । ती मध्येको एउटा हो, वंकेश्वरी मन्दिर । सो मन्दिर मनकामना मन्दिरको पुर्वपट्टी अवस्थित छ जहाँ वाक्य फुट्न नसकेका वा लुला लङगडा बालबालिकालाई दर्शन गराएमा वालवालिकाको वोली फुट्ने र हातखुट्टा दहे हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । त्यस्तै मनकामना मन्दिरमा नित्य पूजा विहान ७ वजे र साँझ ६ बजे गरिन्छ । भित्री पूजा सकेर पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधरणहरुको लागि वलि र पूजा शुरु हुने गरको छ ।

Leave A Reply

Your email address will not be published.