mero sathi tv

‘लक्की’ ससुराकी ‘अनलक्की’ बुहारी हुन पूर्व विश्वसुन्दरी ऐश्वर्य

पूर्वविश्वसुन्दरी ऐश्वर्य राय बच्चन बलिउडमा त्यति जम्न सकिनन् । जति उनका समकालीन हिरोइनहरू जमे । उनको बलिउडयात्रा त्यति सुखद हुन सकेन ।तर, करिअरको सुरुआती चरणमा उनले दुई ‘ब्लकबस्टर’ फिल्म गुमाइन् । सायद, त्यही कारण भन्ने गरिएको होला मान्छेले अवसरलाई चिन्न सक्नुपर्छ । अवसर चिन्न सकेन भने मान्छे पछाडि पर्छ ।

निर्देशक धर्मेश दर्शनले उनलाई आमिर खानसँग ‘राजा हिन्दुस्तानी’मा खेलाउन अफर गरेका थिए । तर, उनले अस्वीकार गरिन् ।उक्त फिल्मबाट करिश्मा कपुरले सर्वोत्कृष्ट अभिनेत्रीतर्फको फिल्मफेयर अवार्ड जितिन् । यो फिल्म ९० को दशकको धेरै आम्दानी गर्ने तेस्रो फिल्म बन्यो ।

त्यस्तै, यश चोपडाले उनलाई शाहरुख खानसँग ‘मैने तो मोहब्बत कर ली’मा अफर गरेका थिए । तर, उक्त फिल्म पनि उनले इन्कार गरिदिइन् ।

पछि, उक्त फिल्म ‘दिल तो पागल है’ भएर ब्लकबस्टर भएको थियो । फिल्मले वर्षकै सबैभन्दा बढी आम्दानी गरेको थियो ।नयाँ पत्रिकाले छापेको छ । फिल्ममा साहरुख खान, माधुरी दीक्षित, करिश्मा कपुर र सपोर्टिङ भूमिकामा अक्षयकुमार रहेका थिए । फिल्मले तीनवटा नेसनल फिल्म अवार्ड र आठवटा विधामा फिल्मफेयर अवार्ड जितेको थियो ।

Leave A Reply

Your email address will not be published.