mero sathi tv

अभिनेत्री श्रेयाले रसियन प्रेमीसँग गरिन् विवाह

तेलेगु फिल्ममा सक्रिय अभिनेत्री श्रेया शरनले आफ्नो लामो समयदेखिका रसियन प्रेमी आन्द्रेइ कोसचेभसँग विवाह गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

श्रेयाले १२ मार्चमा मुम्बईस्थित लोखण्डवाला निजी निवासमा विवाह गरेकी हुन्। श्रेयाले भारतिय हिन्दु परम्परा अनुसार विवाह गरेको समाचारमा उल्लेख छ। श्रेयाले आफ्नो करिब ६७ वर्ष लामो सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन्।

मुम्बईबाट प्रकाशित हुने ‘मिड डे’ पत्रिकाको हवालादिदैं हिन्दुस्तान टाइम्सले पारिवारिक समारोहका बिच श्रेयाले विवाह समाचार छापेको छ। सो विवाह समारोहमा निटक पारिवारिक सदस्य र मित्रहरूमात्र सहभागी भएका थिए।

सो समारोहमा बलिउडबाट   बजपेयी र उनी पत्नी सबानामात्र सहभागी भएका थिए। उनीहरू श्रेयाका छिमेकी हुन्।

Leave A Reply

Your email address will not be published.