mero sathi tv

आज नायिका आँचल शर्माले २१ औ जन्मदिन मनाउदै

नायिका आँचल शर्माको आज वर्थ डे परेको छ । चलचित्रको क्षेत्रमा भर्खर मात्र उदाउदै गरेकी नायिका आज चैत ५ देखि २१ वर्षमा प्रवेश गरेकी छन् ।

उनले भनिन् खुशी लागिरहेको छ ‘अब चाहिं बल्ल ठूली भएँ जस्तो लाग्छ ।’ आफ्नो जन्मदिनमा आफुले सकेको समाज सेवा गर्ने आँचल उनको भनाई रहेको छ ।

चलचित्र ‘नाईं नभन्नू ल ४’ बाट डेव्यु गरेकी आँचलको युवा पुस्ता माझ आफ्नै क्रेज बनाएकी छन् । आँचलको विषेश गरेर अहिले सम्म नायक पल शाहसँग मात्र धेरै जोडी स्क्रिनमा फिट देखिएको छ । धेरैले पल र आँचललाई रियल जोडीका रुपमा पनि हेर्ने गर्दछन् । तर उनीहरु आफ्नो सम्बन्धलाई राम्रो साथी मात्र हो भन्दै पन्छिने गरेका छन् ।

पल र आँचल जोडी भएको फिल्म शत्रुगते यही चैत ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । उनीहरु यही फिल्मको प्रचारप्रसारमा व्यस्त छन्

Leave A Reply

Your email address will not be published.