mero sathi tv

बाग्लुङमा बस दुर्घटना : १० घाइते एक महिला बेपत्ता

मंगलबार बिहा दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । एक महिला भने बेपत्ता रहेको बाग्लुङ प्रहरीले जनाएको छ । बसमा सवार सात यात्रु सकुलश छन्।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानाका अनुसार बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस ढोरपाटन नगरपालिकाको गरगरे भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट बडिगाड खोलामा खसेको थियो ।

प्रहरीका अनुसार सनाखत हुन नसकेका एकजना बेपत्ता छन् । दुर्घटनामा परि घाइते हुनेहरुमा चालक पाल्पा जिल्ला रिप्तीकोट – ५ का ४७ वर्षीय कलबहादुर थापा, उहाँका २१ वर्षीय छोरा बिमल थापा, बाग्लुङ तमानखोला २ का १९ वर्षीय केसु घर्ती, ढोरपाटन नगरपालिका ८ का ५० वर्षीय नरबहादुर विक, त्यही स्थानका ४५ वर्षीय दुर्गाबहादुर विक, १८ वर्षीय झकास विक, भारत रामपुर रतनपुरा बस्ने वर्ष ३३ का मुस्तेतार अलि, त्यही स्थानका २२ वर्षीय युवराज खान, ढोरपाटन ८ की १५ वर्षीया चन्द्रकला विक, वर्ष २२ का सुभाष विक, वर्ष ९ की आशिका विक रहेका छन् ।

Leave A Reply

Your email address will not be published.