mero sathi tv

‘नेपाल आइडल २’को अडिसन आजबाट

नेपाल आइडलको दोस्रो सिजनको अडिसन आज बाट सुरु हुँदै छ । भैरहवाको अंचलपुरस्थित (नेपाल आयल निगमको अगाडी) जेसिज किन्डर गार्डेन हाई स्कूलको प्राङ्गणमा नेपाल आइडलको अडिसन दोस्रो सिजनको पहिलो अडिसन भएको हो ।

नेपाल आइडलको दोस्रो सिजनको अडिसन भैरहवामा अडिसन भएपछि क्रमश धनगढीमा चैत ११ गते, हेटौडाँमा बैशाख ३ गते, धरानमा बैशाख ८ गते, पोखरामा बैशाख १४ गते अडिसनका लागि मिति तोकिएको छ ।

अडिसनमा एक हजार २ सय देखि एक हजार ५ सयसम्म संगीतप्रेमीहरु सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यु बज्राचार्य, कालीप्रसाद बासकोटा र गायिका इन्दिरा जोशी छन् । त्यस्तै अडिसनको सञ्चालन नायक अशिम शाह र रीमा विश्वकर्माले गर्ने आयोजकले जनाएको छ । अडिसनको प्रशासरण एपीवान एचडी टेलिभिजनबाट हुनेछ ।

Leave A Reply

Your email address will not be published.