mero sathi tv

सर्बेन्द्र खनाल आइजीपी बन्दै, प्रधानमन्त्री ओली र प्रचण्डबीच सहमति

आउने हप्ताभित्रै प्रहरी महानिरिक्षक प्रकाश अर्याल विदामा बस्ने भएकोले आईजीपी बन्ने दौड तिव्र भएको छ । आईजीपी कसलाई बनाउने भन्नेबारे आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको सुरुवातमै प्रचण्डले वरियताको पहिलो नम्बरमा रहेका डिआईजी सर्वेन्द्र खनालको पक्षमा बोलेको स्रोतको दाबी छ । उनले कार्यसम्पादनको आधारमा डिआईजी पहिलो नम्बरमा भएकोले खनाललाई नै प्रहरी प्रमुखको जिम्मेवारी दिईनुपर्ने अडान राखेका थिए ।

अध्यक्ष प्रचण्डले आफ्नै पार्टीका नेता समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि सोही अनुसार अघि बढ्न निर्देशन दिईसकेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै अध्यक्ष प्रचण्डले गृहमन्त्री थापालाई फोन गरेरै खनालको पक्षमा दृढ रहन निर्देशन दिएको विशेष सूत्रको दाबी छ ।

हुन पनि गृहमन्त्री थापा अध्यक्ष प्रचण्डको चाहना अनुसार नै चल्ने पक्षमा देखिएका छन् । उनले आफू निकटका नेताहरुसँगपनि यो कुराको खुलासा गरिसकेका छन् । स्रोतका अनुसार प्रहरीको कमाण्ड गर्न तयारी अवस्थामा रहन डिआईजी खनाललाई आग्रह गरिसकेका छन् ।

तर, आईजीपी बन्ने दौडमा अरु डिआईजीहरु क्रमशः रमेश खरेल, पुष्कर कार्की र मनोज न्यौपानेसमेत छन् । यीनीहरुमध्ये कार्कीले आफ्नो पक्षमा विशेष लविङ् गरेका छन् । सूत्रहरुले दिएको जानकारी अनुसार कार्कीले एमाले नेतृत्वहरुसँग पछिल्लो समय हिमचिम बढाएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको दबाब थेग्न नसकेर कार्कीको पक्षमा निर्णय गर्न लागेको सूचना पाएपछि प्रचण्डले आज ओलीलाई भेटेर कडा चेतावनी दिएका हुन् ।

३० वर्षे सेवा हदका कारण वर्तमान आईजीपी अर्यालसहित १५ एआईजी यही चैत्र २८ गते सेवाबाट निवृत्त हुँदैछन् । २९ चैत्रबाटै मुलुकले नयाँ आईजीपी पाउँदैछ ।

Leave A Reply

Your email address will not be published.