mero sathi tv

सैफ अलीकी छोरी सारा रोहित सेट्टीको फिल्म ‘सिम्बा’खेल्ने पक्का

रोहित सेट्टीले निर्माण गर्न लागेको फिल्म ‘सिम्बा’मा सैफ अली खानकी छोरी सारा देखिने भएकी छन् । ‘सिम्बा’मा को अभिनेत्री लिन्छन् ? भन्ने चर्चा भइरहेका बेला सारा अनुबन्धित भएकी हुन् । फिल्ममा उनीसँग रणवीर सिंहसँग देखिने छिन्।

धर्मा प्रोडक्सनले आफ्नो अफिसियल ट्टिटरमा फिल्म सिम्बामा सारा रहने कुरा पुष्टि गरेको हो। करण जोहर र रोहिट सेट्टी दुवैले सारालाई फ्रेस फेस तथा उर्जाशील सुपरस्टारको संज्ञा दिएका छन्।

यो फिल्म २८ डिसेम्बर २०१८ बाट प्रदर्शनमा आउने छ। सारा योसँगै अभिषेक कुपरसँग केदारनाथ चलचित्रमा पनि देखा पर्दैछिन्। जसको सुटिङ अप्रिल देखि थालिनेछ। साराले फिल्म ‘केदारनाथ’बाट बलिउडमा डेब्यू गर्दैछिन् ।

Leave A Reply

Your email address will not be published.