mero sathi tv

विश्वमा सबैभन्दा लामो आयु बाँच्ने जापानीजहरुको आयु कसरी लामो भयो त? मसलेदार खान आजैदेखि कम गरौ ,लामो आयु बाँच्न जापानीजले जस्तै खानेकुरा खाने कि ?

शरीरमा विभिन्न किसिमका रोग लाग्नु,शरीर कमजोर हुनुको एक कारण हामीले खाने गरेको खानाको असर पनि हो।वास्तवमा भन्नूपर्दा हामी नेपालीहरुको खाना सन्तुलित हँदैन।शरीरलाई नचाँहिने खानेकुरा धेरै खाईरहेका हुन्छौं र चाहिने खानेकुरा भने खाँदैनौ।

 

हामी नेपालीहरु मसलेदार र तेलमा तारेको,चिल्लो,पिरो धेरै खान्छौ र हरियो सागपात र फलफुल कम खान्छौ।यस्तै खानाको कारण हाम्रो शरीर विस्तारै कमजोर हुँदै जान्छ र विभिन्न किसिमका रोगले समाउने गर्छ।अनि हाम्रो आयु पनि कम हुन्छ।

विश्वमा सबैभन्दा लामो आयु बाँच्ने जापानीजहरुको आयु कसरी लामो भयो त ?

हामी नेपालीले झैं प्राय: जापानीजहरु दिनको तीन चोटी नै खाना खान्छन्।विहान हल्का नास्ता गर्छन्।दिउँसो १२ बजे दिनको खाना र साँझको खाना। अधिकाँश जापानीजहरु सीफुड,काँचो माछा,गेडागुडी,तोउफु,उसिनेको तरकारी,र अर्ग्यानिक खानेकुरा खान्छन्।चिल्लो,पिरो,मसलेदार र वोसोयुक्त खानेकुरा खाँदैनन्।

जापानीजहरु हरियो सागसब्जी धेरै खान्छन्,सफा खानेकुरा हुन्छ। यिनीहरुको भान्सामा आइपुग्ने तरकारीमा विषादीको मात्रा न्युन हुन्छ।सुप प्रशस्त पिउँछन्।अनि हाम्रो जस्तो पेटभरी खानेकुरा खाएर स्वस्थ्य भईन्छ भन्ने यिनिहरुमा गलत मानसिकता छैन।पेटभरी टन्न खानु रोगको घर हो भनेर जापानीजहरुले राम्रोसँग बुझेका छन्।

यदि जापानीजले जस्तै स्वस्थ्य र लामो आयु बाँच्ने हो भने आफूले खाने खानेकुरामा ध्यान दिउँ।सन्तुलित खानामा हरियो सागसव्जी,सलाद,फलफुल नियमित प्रयोग गर्ने,विषादी मिसाएका खानेकुराहरु नखाने र फलफुल तरकारी लगायतका चिजहरु राम्रोसँग पखालेर मात्रै खाने गर्नुपर्छ।

Leave A Reply

Your email address will not be published.