mero sathi tv

स्टारको लिस्टमा पुष्प

चलचित्र ‘दर्पण छायाँ २’ बाट नेपाली रजतपटमा आएका नायक हुन् पुष्प खड्का । उनी अभिनित अर्को चलचित्र ‘मंगलम’ पनि रिलिज भैसकेको छ र अहिले पनि हलहरुमा चलिरहेको छ । यो चलचित्रबाट पुष्पले निकै तारिफ पनि पाइरहेका छन् र उनले तारिफयोग्य काम पनि गरेका छन् ।

‘मंगलम’ साधारण कथावस्तुमा आधारित छ । तर पनि यो चलचित्रमा उनले गरेको अभिनयले भने चर्चा बटुलिरहेको छ । उनले यो चलचित्रमा अपाङ्ग युवकको भूमिका निभाएका छन् । भूमिकालाई न्याय गर्न उनले धेरै नै मेहनत गर्नु परे पनि चलचित्र अनुसार बग्दा त्यो कमजोरी भने देखिएको छैन ।

चलचित्रमा नायिका शिल्पा पोखरेलको अभिनयको पनि तारिफ गरिएको थियो । तर, नायक पुष्पलाई भने अब धेरैले उदाउँदो कलाकारको रुपमा पनि लिएका छन् । अब पुष्पको नाम र पलको नाम पनि सँगसँगै आउन लागेको छ । हुन त पल र पुष्पले चलचित्रमा सँगै काम सुरुवात गरेका हुन् । उनीहरु म्युजिक भिडियोमा सँगै काम पनि गरेका छन् ।

चलचित्र ‘मंगलम’ हेर्न हल पुगेका पल शाहले पुष्पको तारिफ पनि गरेका थिए । अब चलचित्रको क्षेत्रमा बराबर मोडमा छन् पुस्प र पल । पल अभिनित चलचित्र शत्रु गते यही चैत ९ गते रिलिज हुँदैछ जसमा धेरै स्टारहरु छन् जसका कारण पल छायाँमा पर्ने सम्भावना पनि छ । यद्यपि चलचित्रमा पललाई दर्शकले मन पराउँछन् भने पक्कै पनि पललाई राम्रो नै हुनेछ ।

पुष्पको हकमा भने अब उनी ‘स्टार’को लिस्टमा छिरेका छन् । एक पछि अर्को फरक अभिनय र नयाँ टेस्ट दिने हो भने पक्कै पनि दर्शले मन पराउँछन् भन्ने पुष्पले देखाइसकेका छन् । अब पुष्पले आफ्नो करिअरलाई कता लैजाने भनेर सोच्ने बेला भएको छ । स्टार बन्नु भन्दा त्यो स्टारडम बचाउनु झनै चुनौतीपूर्ण हुन्छ । अतः अबका दिनमा चलचित्रको चयन गर्दा पनि उतिकै ध्यान दिनुपर्ने समय आइसकेको छ ।

पछिल्लो समय जुन पनि चलचित्र गर्ने र चलचित्र को कथावस्तु चयन गर्न नसक्दा आफ्नो करिअर आफैले बिगार्ने धेरै कलाकारको कमजोरी देखिएको छ । यस विषयमा पुष्पले सोच्नुपर्ने छ ।

Leave A Reply

Your email address will not be published.