mero sathi tv

जुन हिरोइन लागि सलमानकी बहिनीसँग गरे सम्बन्धविच्छेद, उसैले छाडेर गएपछि…

सलमान खानकी ‘राखी’ बहिनी श्वेता रोहिरासँग उनका पति पुलकित सम्राटले जुन हिरोइनका लागि सम्बन्धविच्छेद गरेका थिए अहिले उही हिरोइनले उनलाई छाडेकी छिन् । पुलकितले बलिउड अभिनेत्री यामी गौतमको लागि श्वेतासँग सम्बन्धविच्छेद गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार पुलमितले यामीका लागि श्वेतासँग सम्बन्धविच्छेद गरेका थिए । लामो समयदेखि एक अर्कासँग सम्बन्धमा रहेका पुलकित र यामीबीच ब्रेकअप भएको खबर बाहिरिएको छ । पुलकितले हालै दिएको एक अन्तरवार्तामा आफू सिंगल भएको बताएका थिए । यतिमात्र होइन यिनीहरुले एक अर्कालाई सामाजिक संजालमा पनि अनफलो गरेका छन् । यी दुई छुट्टिनुको कारण भने अहिलेसम्म खुलेको छैन । केही मिडियामा आएका रिपोर्टअनुसार यामीका अभिभावकलाई यामीले विवाहित पुरुषसँग सम्बन्ध राखेको मन परेको थिएन । यामीकी आमाले उनलाई पुलकितसँग टाढै बस्न भनेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.