mero sathi tv

उपचारको लागि लण्डन पुगे इरफान खान, फोटो शेयर गर्दै लेखे मन छुने सन्देश

न्यूरो इन्डोक्राइन ट्युमर नामको दुर्लभ रोगबाट ग्रसित बलिउड अभिनेता इरफान खान उपचारको लागि लण्डन पुगेका छन् । उनले त्यहाँबाट इन्स्टाग्राममा उक फोटो पोस्ट गर्दै मन छुने सन्देश लेखेका छन् ।

फोटोसँग इरफानले लेखेको सन्देशको सार छ – ‘भगवान हामी सबैसँग कुरा गर्छन् । उनले हामीलाई बनाएका हुन् । अनि रातको अँध्यारोमा चुपचाप हामीसँग हिँड्छन् । यी शब्द हामी सुन्छौं । जीवनमा राम्रो नराम्रो जे पनि भइरहेको छ हुन दिनुहोस् ।किनकि यो भावना अन्तिम होइन । यसको आसपास जे छ त्यसलाई जिन्दगी भनिन्छ । यसको बारेमा तपाइँले गम्भीर रुपमा थाहा पाउनुभएको छ । मलाई आफ्नो हात दिनुहोस् ।’

इन्डोक्राइन ट्युमर शरीरका ती कोशिकाहरुमा हुन्छ जो इन्डोक्राइन हर्मोन रिलिज गर्छन् । यिनै कोशिकाहरु अनियन्त्रित रुपमा बढ्दा यसले ट्युमरको रुप लिन्छ । यसका कैयौं स्तर हुन्छन् । ग्रेड एक र दुई सामान्य हुन् । ग्रेड २ भने निकै खतरनाक हुन्छ । यदि ग्रेड ३ को ट्युमर छ भने यस्तो अवस्थामा किमोथेरापी दिइन्छ । यो ट्युमर दिमागमा मात्र नभएर फोक्सो, पेन, प्यांक्रियाज लगायतमा पनि हुन्छ ।

इरफानले इन्स्टाग्राममा यो फोटो शेयर गरेका थिए ।

Leave A Reply

Your email address will not be published.