mero sathi tv

चलचित्र ‘तिमी सँग’को ट्रेलर सार्वजनिक

निर्देशक शिशिर राणाद्वारा निर्देशित चलचित्र ‘तिमी सँग’को ट्रेलरले सार्वजनिकसँगै दर्शकको राम्रो साथ पाएका छन ।

अघिल्लो सोमबार मार्च ११ मा मात्र राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको चलचित्रको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन भने ट्रेलर रिलिज भएसँगै नेपालको युट्युब ट्रेन्डिङमा लगातर आइरहेको छ ।

प्रेमभाव बोल्ने तथा कमेडिपनमा रहेको चलचित्रको ट्रेलरले दर्शकको ध्यान आफूतिर पार्दै अहिलेसम्म पनि लगातार युट्युबको ट्रेन्डिङमै बस्न सफल भएको छ। चलचित्रमा निकै चर्चित तथा व्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नव नायक आकाश श्रेष्ठ र नाजिर हुसेनसँगै चलचित्रका निर्देशक शिशिर राणाको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा कथा तथा निर्माण समेत निर्देशक राणाकै रहेको छ ।
यसो त आँउदो चैत्र २३ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रको ट्रेलर रिलिज अगावै सार्वजनिक भएको चलचित्रको ‘लडे लडे’ बोलको लभ अनि रोमान्टिक गीतले पनि राम्रै चर्चा पाईसकेको छ भने चलचित्र अर्को सार्वजनिक भैसकेको गीत ‘मन मेरो चंचले’ले पनि राम्रै चर्चा हात पारिसकेका छन ।

Leave A Reply

Your email address will not be published.