mero sathi tv

शाहिद र ऐश्वर्या एकै पर्दामा

चलचित्र ‘बत्तीगुल मीटर चालू’ को सुटिङमा व्यस्त छन् बलिउड अभिनेता शाहिद कपूर । यसपछि उनी मनोज कुमारको एक चलचित्रको रिमेकमा काम गर्न खबर बाहिरिएको छ । खबरअनुसार, चलचित्रमा ऐश्वर्यालाई लिने बुझिएको छ ।

वर्ष १९६४ मा रिलिज भएको चलचित्र ‘वो कौन थी’ लाई सायद कसले पो विर्सन्छ र ? चलचित्रको कहानीदेखि गीत अझै पनि दर्शकलाई कन्ठ छ ।

यही चलचित्रको रिमेकमा मनोज कुमारको ठाउँमा शाहिद र साधनाको ठाउँमा ऐश्वर्या रायलाई कास्ट गर्ने तयारी भारतीय मिडियाले जनाउछ ।

सबै ठिकठाक भयो भने शाहिर र ऐश्वर्याले पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्नेछन् । चलचित्र ‘वो कौन थी’ एक साइकोलोजिकल मिस्ट्री चलचित्र थियो ।

राज खोसला निर्देशक थिए र यसको कहानी ध्रुव चटर्जीले लेखेका थिए । चलचित्रको ‘लग जा गले’ बोलको गीत आजपनि सबैको मानसपटलमा ताजै छ ।

Leave A Reply

Your email address will not be published.