mero sathi tv

यस्तो आयो नेपाली चलचित्र लिलिबिली को पोस्टर

यो वर्षको अन्तिम प्रतिक्षित नेपाली चलचित्र ‘लिलिबिली’ हो । गीत-संगीत, मल्टीस्टार, निर्देशक तथा गतिलो निर्माण टिमका कारण ‘लिलिबिली’ सबैको प्रतिक्षामा छ ।

चलचित्रका दुई गीत र ट्रेलर सार्वजनिक भैसकेका छन् । यसै बीच चैत ३० गते रिलिज हुने चलचित्रको ३ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तिनै पोस्टरमा प्रदीप खड्का र जसिता गुरुङ मात्र फिचरिङ छन् ।

चलचित्रका अन्य मुख्य कलाकार प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठलाई निर्माण टिमले पोस्टरमा समावेश गरेको छैन ।

उसो त सिनेमाको ट्रेलरमा प्रियंका कार्कीको एक झलक मात्र प्रस्तुत गरिएको थियो ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

Leave A Reply

Your email address will not be published.