mero sathi tv

सौतेनी छोरी साराअली खान यसरी जम्दैछिन्, रोहित सेट्टीको फिल्म ‘सिम्बा’मा रणवीर सिंहसँग रोमान्स गर्ने पक्का

चर्चित नायिका करिना कपुरकी सौतेनी छोरी साराअली खान यतिबेला उनको फिल्मका कारण चर्चामा छिन् । रोहित सेट्टीले निर्माण गर्न लागेको फिल्म ‘सिम्बा’मा सैफ अली खानकी छोरी सारा ‘सिम्बा’मा खेल्ने पक्का भएको छ ।

फिल्ममा उनीसँग रणवीर सिंहसँग देखिने छिन्। धर्मा प्रोडक्सनले आफ्नो अफिसियल ट्टिटरमा फिल्म सिम्बामा सारा रहने कुरा पुष्टि गरेको भारतीय मिडियाले जनाएका छन् । करण जोहर र रोहिट सेट्टी दुवैले सारालाई फ्रेस फेस तथा उर्जाशील सुपरस्टारको संज्ञा दिएका छन्। यो फिल्म २८ डिसेम्बर २०१८ बाट प्रदर्शनमा आउने छ। सारा योसँगै अभिषेक कुपरसँग केदारनाथ चलचित्रमा पनि देखा पर्दैछिन्। जसको सुटिङ अप्रिल देखि थालिने भारतीय मिडियाले जनाएका छन् । मिडियाका अनुसार साराले फिल्म ‘केदारनाथ’बाट बलिउडमा डेब्यू गर्न लागेकी छिन् ।

Leave A Reply

Your email address will not be published.