mero sathi tv

यी व्यक्तिले सर्पसँग यसरी लिए बदला

भारतका एकजना व्यक्तिले चाहि आफुलाई डस्ने सर्पको टाउको चपाइदिएर बदला लिएका छन् ।

 

भारतको उत्तरप्रदेशस्थित हर्दोइका बासिन्दा सोनेलालले आफूलाई सर्पले टोकेपछि बदलास्वरुप सर्पको टाउको टोकेर छिनालिदिएको बताए ।

 

सर्पको टाउको छपाइदिएर मारेपछि बेहोस भएको अवस्थामा उनलाई फेला पारी स्थानीय सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरहरुले चाहीँ उनको शरीरमा सर्पले डसेको कुनै घाउ नदेखिएको बताएका छन् ।

 

शुक्लापुर भागर गाउँमा खेतीकिसानी गर्ने सोनेलाललाई बेहोस अवस्थामा शनिवार साँझको सात बजे अस्पताल पूराइएको थियो । सर्पले डसेको भनेर उनलाई अस्पताल लगिएपछि डाक्टरहरुले सर्पले डसेको शरीरको भाग खोजे तर जिउमा कुनै खत थिएन । रातको दश बजे सोनेलाल होसमा आए । त्यसपछि उनलाई सोधीखोजी गर्दा अनौठो घटनाको खुलासा भयो ।

 

सोनेलालका अनुसार उनले वस्तुभाउ चराइरहेको बेला उनलाई सर्पले डसेछ । त्यसपछि उनले रिसले उक्त सर्पलाई च्याप्पै समाए र त्यसको टाउकोमा टोके र चपाएर सर्पको टाउको छिनालिदिए । त्यसपछि मुखमा रहेको सर्पको टाउको थुके ।

 

तर डाक्टरहरुका अनुसार उनको जिउमा सर्पले डसेको कुनै खत नभएका कारण उनी सर्पले डसेर बेहोस भएको नभै सर्पको टाउको चपाउँदा त्यसको विष शरीरभित्र गएको डाक्टरहरुको अनुमान छ ।

 

सोनेलाल लागुऔषधका अम्मली भएको हुँदा उनले तलतली मेट्नका लागि सर्पको टाउको नै चपाएको हुनसक्ने अुनमान गरिएको

Leave A Reply

Your email address will not be published.