mero sathi tv

कुखुराको मासुको अत्यन्तै मिठो अचार यसरी बनाँउन सकिन्छ, हेर्नुस यस्तो छ विधि

प्रायजसो हामी विभिन्न सब्जीजन्य पदार्थबाट बनेका अचार मात्र खाइरहेका हुन्छौं– आलु, काँक्रो, लप्सी, टमाटरलगायतका । तर, मासुको अचार पनि कम्ती स्वादिलो हुँदैन । यहाँ कुखुराको मासुको अचार बनाउने तरिकाबारे चर्चा गरिएको छ । यसका लागि निम्न सामग्री जोरजाम गर्नुपर्ने हुन्छ ।

कुखुराको मासुबाट विभिन्न परिकार बनाएर खाएको अथवा नखाएपनि देखेका छौं हामी सबैले। तर धेरैले नसुनेको र सायद नखाएको एउटा परिकार हो चिकेन अचार। मासुको अचार पनि बन्छ र?

 

यसरी बन्छ चिकेन अचारः आवश्यक सामग्री कुखुराको मासु : ५ सय ग्राम सुकेको लसुन : १ पाउ अदुवा : आधा पाउ तेल : आधा माना जिराको धुलो : २ चम्चा टिम्मुरको धुलो : १ चम्चा मेथी, रायो, मुलाको बिउको धुलो : केही खुर्सानीको धुलो : २ चम्चा चुक अमिलो : १ चम्चा

बनाउने विधि सबैभन्दा पहिले कुखुराको मासुबाट छाला झिक्ने । एक ठूलो चम्चा पानी हालेर त्यसलाई मधुरो गरी आगोमा बफ्याउने । त्यसमा रहेको पानी सुकाउने । बफ्याइसकेको मासु मसिनो टुक्रा पारेर काट्ने । लसुन छोडाएर केस्रा पारी काट्ने, एक पोटी लसुनचाहिँ पिस्ने । अदुवा पनि त्यसै गर्ने, केहीलाई केस्रा बनाएर काट्ने अनि केहीलाई पिस्ने ।

सबै सामग्री तयार भएपछि कराहीमा आधा माना तेल तताउने । तातेको तेलमा टुक्रा पारेर राखिएको मासु ओइरिने । मासुलाई खैरो पारेर भुटिसकेपछि मसला हालेर आगोमा केहीबेर राख्ने अनि मोल्ने । अब कुखुराको मासुको अचार तयार भयो, खाना या खाजासँग मिलाएर खान सकिन्छ ।

Leave A Reply

Your email address will not be published.