mero sathi tv

कपिल शर्मा र सुनिल ग्रोभरबीचको झगडा यसरी सुरु भएको हो

कमेडियन कपिल शर्मा र सुनिल ग्रोभरबीचको झगडा तिब्र रुपमा भाईरल भैराखेको छ । उक्त बिवाद ट्विटरमार्फत सार्वजनिक भएको छ । यसरी सुरु भएको थियो कपिल शर्मा र सुनिल ग्रोभरबीच विवाद ।


पछिल्लो विवाद शनिबार रातिबाट सुरु भएको थियो। ट्विटरमा सुनिलले कपिलको आउँदो टेलिभिजन सो ‘फेमेली टाइम विथ कपिल शर्मा’मा सहभागिताका लागि कपिलले ‘अप्रोच’ नगरेको रिप्लाइ गरेका थिए ।

सोहि समय ट्विटमा कपिलले भने :’हो उनले झुटो बोले, मैले सय पटक कल गरेको छु र आफ्ना मानिसलाई उनको घरमा समेत पठाएको छु । नयाँ सोका लागि म उनको घरमा पनि पुगेँ । अब मेरो नामसँग जोडेर कसैलाई फाइदा लिन दिने छैन, अब अति भयो । पा जी, मैले सय पटक कल गरेँ र भेट्न दुई पटक घर नै गएँ । तपाईँ सधैं बाहिरमात्र हुनुभयो । कृपया झुटो प्रचार नगर्नुस् ।’

Leave A Reply

Your email address will not be published.