mero sathi tv

“शत्रु गते”को टिकट बुकिङ खुल्ला

प्रतिक्षित फिल्म ’शत्रु गते’ शुक्रबार रिलिज हुदैछ । फिल्म रिलिज अगाडी नै मल्टिप्लेक्समा खुल्ला गरिएको बुकिङ राम्रो देखिएको छ । सार्वजनिक गीत तथा ट्रेलरको कारण प्रतिक्षित बनेको फिल्मलाई हेर्न दर्शकले चासो देखाएका छन् । फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । यससंगै फिल्मले राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ । भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् ।

यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

Leave A Reply

Your email address will not be published.