mero sathi tv

पूजासँग फिल्म खेल्छु भन्दै प्रदीपले अनमोललाई यसो भने (भिडियो)

निर्माता सन्तोष सेनको’प्रेम गीत’बाट डेब्यु गरेका नायक प्रदीप खड्का एउटै चलचित्रबाट लाइमलाइटमा छाउन सफल भए । पूजा शर्मा र प्रदीपको प्रेम गीत जोडीलाई दर्शकहरूले निकै रुचाएका थिए । उनै निर्माता सन्तोष सेनको सिक्वेल चलचित्र ’प्रेम गीत २’ मा पनि प्रदीप नायकको भूमिकामा देखिए ।

तर उनलाई पूजाको ठाउँमा साथ दिन आइन् नयाँ अभिनेत्री अश्लेषा ठकुरी । प्रदीप खड्का यतिबेला नेपालकै सर्वाधिक महँगो कलाकारका रूपमा अगाडि आएका छन् । ‘प्रेमगीत’ र त्यसको सिक्वेल हिट भएपछि उनी चर्चाको केन्द्रबिन्दुमा रहे । उनले अभिनय गरेको चलचित्र ‘लिलिबिली’ रिलिज हुँदैछ। मिलन चाम्स निर्देशित यो चलचित्रले वैशाख १४ गतेलाई प्रदर्शन मिति तोकेको छ।

एक युट्युब च्यानलसँग कुरा गर्दै नायक खड्काले ८-९ महिनापछि आफूले चलचित्र खेलेको भन्दै दर्शकले राम्रो साथ दिने आस व्यक्त गरे। उनले नायक अनमोल केसीलाई के भने थाहा पाउन हेर्नुस् उनीसँगको अन्तर्वार्ता।

Leave A Reply

Your email address will not be published.