mero sathi tv

करिनाले गरेकी थिइन् ‘प्रपोज’ र शाहिदले दिएका थिए ‘ब्रेकअप’, यस्तो थियो लभस्टोरी

बलिउडमा निकै चर्चामा रहेको शाहिद कपुर र करिना कपुरको प्रेमकथाका विषयमा शाहिदले नयाँ खुलासा गरेका छन् । उनले एक टेलिभिजन शोमा आफूलाई एक युवतीले धोका दिएको बताएका छन् । तर, उनले ती युवतीको नाम भने बताएनन् । यद्यपि शाहिदका पूर्वप्रेमिकाको कुरा गर्दा करिना कपुरको नाम सबैभन्दा पहिले आउँछ ।

मीरासँग बिहे गर्नुअघि शाहिद ३ वर्षसम्म करिनासँग प्रेममा थिए । यी दुईको प्रेमको सुरुवात फिल्म फिदा (२००४) को सेटबाट भएको थियो । शाहिदलाई देखेर करिना यतिसम्म प्रभावित भएकी थिइन् कि सुरुमा करिनाले नै प्रपोज गरेकी थिइन् । यो कुरा स्वयं करिनाले केही समयअघि दिएको एक अन्तरवार्तामा स्वीकार गरेकी थिइन् । फिल्ममा यी दुईको जोडी त्यति हिट हुन सकेन तर रियल लाइफमा भने यी दुईको जोडी निकै चर्चामा रह्यो । करिनाले सन् २००० मा फिल्म उद्योगमा पाइला राखेकी थिइन् भने शाहिदले २००३ मा ।

२००४ मा सुरु भएको यी दुईको सम्बन्ध मिडियामा पनि निकै चर्चामा रह्यो । यी दुई धेरैजसो कार्यक्रममा सँगसँगै देखिन्थे । यी दुईले सार्वजनिक रुपमा पनि आफ्नो सम्बन्ध रहेको स्वीकार गरेका थिए । यी दुईले सँगसँगै ‘जब वी मेट’ फिल्ममा काम गर्दा यिनीहरुको सम्बन्धमा फाटो आएको थियो । २००६ मा ‘जब वी मेट’को सुटिङ सुरु गर्दा यी दुईको सम्बन्ध राम्रो थियो । तर, फिल्मको सुटिङ सकिँदासम्म यी दुईको सम्बन्ध चिसियो ।

फिल्मसँग जोडिएका टिमका सदस्यका अनुसार यतिबेला यी दुईको बोलचाल कम हुँदै गएको थियो । फिल्मको अन्तिम सिन सुटिङ गर्न यी दुई फरक फरक गाडीमा आएका थिए । यो सम्बन्ध किन टुट्यो भन्ने अहिलेसम्म प्रस्ट भएको छैन । यी दुईले ‘३६ चाइना टाउन’, ‘चुप चुपके’, ‘जब वी मेट’मा सँगसँगै काम गरेका थिए । यी दुईको ब्रेकअप भएपछि पनि उनीहरुले २०१० मा रिलिज भएको फिल्म ‘मिलेंगे मिलेंगे’मा सँगै काम गरेका थिए ।

रिपोर्टका अनुसार यी दुईको सम्बन्ध बिग्रिनुको कारण अर्की हिरोइन अमृता रावलाई मानिन्छ । फिल्म ‘विवाह’ (२००६) को सुटिङका क्रममा शाहिद अमृतासँग नजिकिएका थिए । यही कारण करिना शाहिदमाथि शंका गर्न लागेकी थिइन् । तर, यो कुराको पुष्टि भने अहिलेसम्म भएको छैन । शाहिद–करिनाको सम्बन्ध बिग्रिएको कुरा सार्वजनिक रुपमा त्यतिबेला देखिएको थियो जब करिना ‘लेक्मे फेशन विक २००७’मा सैफ अलि खानसँग देखिएकी थिइन् । रिपोर्टका अनुसार ब्रेकअपको लागि अन्तिम फोन शाहिदले गरेका थिए । करिनाले भने सम्बन्ध सुधार गर्नको लागि कैयौं पटक प्रयास गरेकी थिइन् ।

२००७ मा शाहिदसँग ब्रेकअप भएपछि करिना सैफ अली खानसँग नजिकिइन् । फिल्म ‘ओमकारा’मा सैफ र करिनाको सँगसँगै निकै कम सिन थिए तर पनि सुटिङका बेला यी दुइ सँगै देखिन्थे । यी दुईको सँगसँगै कुनै सिन नहुँदा पनि यी दुई सँगै देखिन्थे । ओमकारापछि यी दुईको सम्बन्ध निकै नजिकिएको यशराज फिल्मसको ‘टशन’मा देखियो । सुट्रिबाट समय निकालेर यी दुई बाहिर घुम्न निस्किन्थे । २०१२ मा यी दुईको सम्बन्धले औपचारिकता पायो । यी दुईले बिहे गरे र अहिले यी दुईको तैमुर नामका एक छोरा छन् ।

शाहिदले पनि २०१५ मा दिल्लीकी मीरा राजपुतसँग विवाह गरे । यी दुईकी एक छोरी मीशा छिन् । शाहिद पछिल्लो पटक संजय लीला भंसालीको फिल्म पद्मावतमा देखिएका थिए । अहिले उनी ‘बत्त िगुल मिटर चालु’को सुटिङमा व्यस्त छन् ।

Leave A Reply

Your email address will not be published.