mero sathi tv

यस्तो डरलाग्दो बन्यो सुनकेसरीको ट्रेलर (भिडियोसहित)

पूर्णरुपमा अस्ट्रेलियामा छायांकन भएको नेपाली चलचित्र सुनकेसरीको ट्रेलर सार्वजनिक भएको छ । बिहिबार नेपालमा क्युज सिनेमाका साथै अस्ट्रेलियाको मेलबर्नस्थित निरांकार रेष्टुराँबाट निर्माण पक्षले एकैसाथ ट्रेलर सार्वजनिक गरेको हो । नेपालमा मध्यान्ह १२ पैतालिस बजे कार्यक्रम आयोजना गरी ट्रेल सार्वजनिक गरिएको थियो भने मेलबर्नमा दिनको २ तीसदेखी साँझ पाँच बजेसम्म भीमगोपाल इन्टरटेण्मेण्टले आयोजना गर्ने कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

मेलबर्नमा आयोजित कार्यक्रममा निर्माण पक्ष र सरोकारवालापक्षहरुबीच विदेशमा नेपाली चलचित्र प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफलका साथै छायांकनका समय भएका रमाइला दृष्यहरुको संग्रह ‘विहाइण्ड द सिन’ पनि अवलोकन गराइएको थियो । का निर्देशक तथा चलचित्रका निर्माता भीम न्यौपानेले जानकारी दिए ।

अभिनेत्री ऋचा शर्मा तथा भीमगोपाल इन्टरटेण्मेण्टका भीम न्यौपानेले संयुक्तरुपमा निर्माण गरेको चलचित्र हहर विधामा निर्मित चलचित्र हो ।

अभिनेता अर्पण थापाको निर्देशनमा बनेको चलचित्रमा अस्ट्रेलिया रहेर नेपाली चलचित्रको प्रवद्र्धन र विकासमा सक्र्रिय भएर लागेका सिनेकर्मी मनोज अधिकारीका साथै अस्ट्रेलियन निर्देशक सार्ली कोर्निसको सह–निर्देशन तथा अस्ट्रेलियन सिनेमेटोग्राफर राह शर्माको छायांकन रहेको छ ।

हेर्नुहोस् डरलाग्दो ट्रेलरः

Leave A Reply

Your email address will not be published.