mero sathi tv

मुटु सम्बन्धी समस्याबाट छुटकारा पाउन खानुहोस् खरबुजाको बोक्रा

खरबुजाको बाहिरी भाग हरियो भएपनि यसको भित्री भाग भने रातो हुन्छ । पाकेको खरबुजा हामी सबैलाई मनपर्नु स्वभाविक हो । खरबुजाको बाहिरी भाग हरियो भएता पनि यसको भित्रको गुदी रातो तथा मनमोहक मीठो भएकोले नै होला हामीमध्ये सबैलाई यही रातो भाग मनपर्छ । अझै गर्मी मौसममा यो फलले तिर्खा समेत मेटाउने र शरीरमा पानीको आपुर्ती गर्ने भएकोले गर्मी हावापानीमा बस्नेहरुकाबीच खरबुजा अति लोकप्रिय छ ।

तर खरबुजाको भित्रीभाग जस्तै यसको बोक्रामा पनि रोग संग लड्न सक्ने गुण तथा स्वस्थकर पोषणहरु लुकेको हुन्छ ।

रसिलो तथा स्वादिलो खरबुजा हामी खाने गर्छौ तर यसको बाहिरी परत अर्थात बोक्रालाई फोहर भनेर फाल्ने गर्छौं । तर, खरबुजाको बोक्रामा पाइने स्वस्थकर गुणहरुका बारेमा जानकारी नभएकाले हामी मध्ये प्राय सबै जनाले यसको बोक्रालाई कसिंगर संझेर मिल्काएका हौं ।

आज डिसीनेपाल तपाईंहरुलाई खरबुजाको बोक्रामा लुकेको गुणको बारेमा जानकारी गराउँदै छ ।

खरबुजाको यो बाहिरीपरत (बोक्रा) मा भिटामीन बी र सी लुकेको हुन्छ । अनि यी पोषणहरु हाम्रो शरीरमा पुग्नुको सट्टा फोहरको डङ्गुरमा थुप्रिन पुग्छ ।

बैज्ञानिकहरुको अध्ययन अनुसार, खरबुजाको बोक्रामा यी भिटामीनहरुका साथै यसमा एक प्रकारको अमिनो एसिड नाम गरेको पोषण पाइन्छ जुन अति स्वस्थकर हुन्छ । यो एसिडलाई सिट्रुलिना पनि भनिन्छ ।

यो सिट्रुलिना मानव शरीरमा प्रबेश गरेपछि आरजिनीना भन्ने पोषण तत्वमा परिणत हुन्छ जुन मुटु तथा रगत संचालनका लागि अति फाइदाजनक र आवश्यक हुन्छ ।

यसका साथै यसको सेवन गर्नाले पेटजन्य समस्याहरु ग्यास्ट्रीक, अल्सर लगायतमा धेरै फाइदा मिल्छ । गर्मीका कारण टाउको दुख्ने समस्याबाट छुटकारा पाउन यो बोक्रा सेवन गरेमा केही क्षणमै आराम प्राप्त हुन्छ ।

बोक्रा प्रयोग गर्ने बिधि

खरबुजाको बोक्रलाई सफासँग पखाल्नुहोस् । यसलाई मसिनो पारेर काटनुहोस् । अव यसलाई ग्राइन्डरमा पिन्नुहोस् र झोललाई आफुलाई मनपर्ने पेयपदार्थमा मिसाउनुहोस् । अनि यो फलले दिने संपुर्ण पोषण अव तपाईले प्राप्त गर्नुहुन्छ ।

Leave A Reply

Your email address will not be published.