mero sathi tv

‘अनमोललाई कसैले रिप्लेस गर्न सक्दैन’ : अनुप बिक्रम शाही

नेपाली चलचित्र ‘कृ’ व्यवसायिक रुपमा सफल चलचित्र मानिएको छ। अहिले यो चलचित्र विदेशमा पनि प्रदर्शनको क्रममा छ।

विदेशमा प्रदर्शनको क्रममा अहिले ‘कृ’ हंगकंगमा प्रदर्शन भैरहेको छ। प्रदर्शनको लागि फिल्म युनिट पनि अहिले हंगकंग पुगेको छ र फर्किने तयारिमा समेत लागिसकेको छ। एक भिडियो अन्तर्वार्तामा फिल्मका नायक अनमोल के.सी र खलनायक अनुप बिक्रम शाहीले आफ्ना अनुभव र करियरको बारेमा कुरा गरेका छन् ।

नायकको रुपमा परिचित भएतापनि ‘कृ’ मा खलनायकको भूमिका खेलेका अनुपले आफूले नायक नै हुनुपर्छ भन्ने मानयता भन्दा पनि फिल्म राम्रो हुनुपर्छ र अभिनयमा नयाँ नयाँ प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने बताएका छन्। त्यस्तै, उनले अनमोलको तारिफ गर्दै उनको ठाउँ अरु कसैले लिन नसक्ने बताएका छन्।

हंगकंगको प्रदर्शनपछि फर्किन लागेका अनमोललाई भने फ्यानहरुले दिएको उपहारले एयरपोर्टमा झोलाको तौल बढी हुन्छ की भन्ने चिन्ता परेको छ।

हेर्नुहोस् भिडियो :

Leave A Reply

Your email address will not be published.