mero sathi tv

चलचित्र ‘शत्रुगते’ हेर्न हलमा दर्शकको घुँइचो (फोटो/भिडियो)

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रुगते’ आज शनिबार दोस्रो दिनमा प्रवेश गरेको छ। पहिलो दिनमै दर्शकको राम्रो साथ पाएको शत्रुगते हेर्न शनिबार झन हलमा दर्शकको घुइचो नै लागेको छ।

यसैक्रममा शनिबार दर्शकको प्रतिक्रिया लिन शत्रुगते टिम उपत्यकाका विभिन्न हल–हलमा पुगे। हलमा शत्रुगते हेर्न आएका दर्शकको माहोल देखेर टिम नै दङ्ग देखिन्थे। दर्शकले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए।

चलचित्र मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बनेको हो। प्रदिप भट्टराईको निर्देशन रहेको यस चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ।

यस्तै दिपकराज गिरीको पटकथा रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ।

 

Leave A Reply

Your email address will not be published.