mero sathi tv

गोपीकृष्ण हल पुग्दा जे देखियो ! किरण केसीले खोले पल आंचल प्रेमको रहस्य

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘शत्रु गते’को व्यापारलाई लिएर यसको निर्माणपक्ष र टिम खुशी देखिएको छ । चलचित्रको प्रतिक्रिया वुझ्न शनिबार बिहानदेखि नै कलाकारको जम्बो टोली हल(हलमा पुगेको हो ।

निर्माता तथा मुख्य कलाकार हरिवंश आचार्य, नायिका प्रियंका कार्की, कलाकार दीपाश्री निरौला, नायक पल शाह र नायिका आँचल शर्मा, निर्देशक प्रदिप भट्टराई, निर्माता किरण केसी काठमाण्डौको गोपिकृष्ण हल पुगेका थिए ।

गोपिकृष्ण हलमा दर्शकको उपस्थिती अपेक्षित भन्दा कम छ । कलाकारले दर्शकसँग सेल्फी खिचे भने ‘रुपै मोहनी’ गीत पनि गाएका थिए । चलचित्रको व्यापार मल्टिप्लेक्समा आक्रामक छ । काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा शनिबारका लागि टिकट पाउन मुश्किल देखिएको छ । सिंगल हलमा बढी चल्छ भन्ने अपेक्षा गरिएको चलचित्रलाई मल्टिप्लेक्सका दर्शकले बढी साथ दिएका छन् ।

Leave A Reply

Your email address will not be published.