mero sathi tv

बिहेका दिन बेहुलीमा सजिएकी छोरीको आफ्नै बाबुले गरे हत्या

विवाहका दिनमै एक पिताले आफ्नी २२ वर्षीया छोरीको हत्या गरेका छन्। दलित युवकसँग प्रेम गरेको आरोपमा उनले छोरीको हत्या गरेका हुन्।

यो घटना भारतको केरलास्थित मलप्पुरम जिल्लाको हो। दलित युवक भएकाले बाबुले छोरीको प्रेमसम्बन्ध स्वीकार गरेका थिएनन्। छोरीको उक्त प्रेम सम्बन्धका कारण परिवारमा विवाद भइरहेको थियो।

उक्त मुद्दा प्रहरीसम्म पुगेको थियो। युवतीले जुन युवकसँग प्रेम गर्थिन, उनी सेवाका जवान थिए। प्रहरी सामु पनि युवक र युवतीका परिवारबीच चर्काचर्की परेको थियो। अन्तत प्रहरीले दुबै परीवारलाई विवाहका लागि राजी बनाएको थियो।

तर युवतीका पिता उक्त विवाहबाट खुसी बनेका थिएनन्। मन्दिरमा विवाह गर्ने तय गरिएको थियो। विवाहका दिन उक्त विषयलाई लिएर बाबु र छोरीबीच विवाह भयो। विवादपछि आक्रोशित बनेका बाबुले छोरीमाथि चक्कु प्रहार गरे।

चक्कु प्रहारबाट घाइते बनेकी युवतीको उपचारका क्रममा अस्पतालमा निधन भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हत्याको आरोपमा प्रहरीले युवतीका बाबुलाई पक्राउ गरेको छ।

Leave A Reply

Your email address will not be published.