mero sathi tv

पर्दामा हिट भए पनि यो जोडी वास्तविक जीवनमा असफल सञ्जय–माधुरीको प्रेम किताबमा

सन १९९० ताका बलिउडमा सञ्जय दत्त र माधुरी दीक्षितको प्रेमबारे चर्चा भइरहन्थ्यो । पर्दामा हिट भए पनि यो जोडी वास्तविक जीवनमा भने सफल हुन सकेन ।

हालसालै यासिर अहमदले लेखेको सञ्जय दत्तको जीवनीमा आधरित किताब ‘सञ्जय दत्त : द क्रेजी अनटोल्ड लभ स्टोरी अफ बलिउड ब्याड ब्वाय’मा सञ्जय–माधुरीको सम्बन्धबारे चर्चा गरिएको छ । किताबमा लेखिएको छ– ‘जब ऋचा न्युयोर्कमा थिइन्, तब उनका पति सञ्जय र माधुरीको अफेयरको खबर उनीसम्म पुग्यो । उनी न्युयोर्कमा क्यान्सरको उपचार गराइरहेकी थिइन् ।

पतिको अफेयरबारे चाल पाएपछि ऋचा बेचैन भइन् उनी जसरी पनि चाँडै भारत फर्किएर आफ्नो ‘विवाह’ बचाउन चाहन्थिन् ।’

अक्टोबर १९९२ मा ऋचा छोरीका साथ मुम्बई फर्किइन् । उनको क्यान्सर अलिक ठीक भयो । तर, सञ्जयले उनलाई बेवास्ता गरिरहे ।

एक अन्तवार्तामा ऋचाकी बहिनीले भनेकी छिन्, ‘त्यतिवेला ऋचा र छोरीलाई लिन सञ्जय एअरपोर्ट पनि गएका थिएनन् ।’

दुर्भाग्यबस पछि ऋचाको क्यान्सरकै कारण मृत्यु भयो । सञ्जय दत्त एक आरोपमा पक्राउ परे । नयाँ पत्रिकाले छापेको छ ।

माधुरीका बाबुआमा उनीहरूको सम्बन्धको विरुद्धमा थिए । उनी जेल गएपछि माधुरी टाढिँदै गइन् । यसपछि दुईजना बीचको प्रेमकथा अन्त्य भयो ।

Leave A Reply

Your email address will not be published.