mero sathi tv

६ वर्षको उमेरमै आमिर खानले पठाए छोरालाई मार्शल आर्ट्सको ट्रेनिङमा

६ वर्षको उमेरमै आमिरका छोरा आजाद राव खान जीम हलमा ब्यस्त छन् । उनी आमा वा बुबासँग त्यहाँ अरुका कामका लागी नभई सानो उमेरदेखि नै मार्शल आर्ट्सको ट्रेनिङ गर्न त्यहाँ गएका हुन् । मुम्बईको धीरुभाई अम्बानी स्कुलमा पढ्ने आजाद पर्ढामा पनि तिष्ण छन् ।

सानो उमेरदेखि नै मार्शल आर्ट्सको ट्रेनिङमा व्यस्त आजादको पनि बुबाको जस्तै सपना आफ्नो भएको बताउँछन् । आजाद यतिबेला अफ्रिकी–ब्राजिलियन मार्शल आट्स फर्म (कापोइरा) को ट्रेनिङमा व्यस्त छन्। उनी केही दिन यतादेखि मेक्सिमम सिटी सेन्टरमा अभ्यास गरिरहेको भेटिने गरेका छन्। मुम्बईको खार इलाकामा पर्ने यस सेन्टरमा उनी डान्स,एक्रोबेट र म्युजिक समावेश भएको यो खेलको ट्रेनिङ गरिरहेको देखा परेको भारतीय मिडियाहरुले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.