mero sathi tv

सुदर्शनले फेरी पनि पूजालाई नै लिएर नयाँ चलचित्र निर्माण गर्दै

निर्देशक सुदर्शन थापा विशेषतः लभस्टोरी चलचित्र बनाउनमा माहिर निर्देशक मानिन्छन् । ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘मेरो एउटा साथी छ’, ‘मेरो लभस्टोरी’ लगायतका चलचित्र निर्देशन गरिसकेका उनी अहिले नयाँ चलचित्र ‘रामकहानी’ को सुटिङमा व्यस्त छन् ।

पछील्लो समय हरेक चलचित्रमा थापा अभिनेत्री पूजा शर्मालाई लिड रोलमा लिने भएका कारण यी दुईको प्रेम सम्बन्धको चर्चा पनि दिन प्रतिदिन मौलाउँदै गएको छ ।

यसै वर्ष आफ्नो जन्मदिन मनाउने क्रममा सुदर्शनले ‘म यस्तो गाीत गाउँछु २’ र एक डान्सिङ थिमको चलचित्र निर्माण गर्ने जानकारी गराएका थिए ।

थापा ‘रामकहानी’ रिलिज लगत्तै डान्सिङ थिममा निर्माण हुने चलचित्रको सुटिङ सुरु गर्ने भएका छन् ।

प्राप्त जानकारी अनुसार, सुदर्शनले चलचित्र विकास बोर्डमा चलचित्रको नाम ‘डी फोर डान्स’ रजिस्टर गराएका छन् । नामबाट नै यो चलचित्र डान्सिङ थिममा निर्माण हुने बुझिएको छ ।

मुख्य कलाकारमा उनले अभिनेत्री पूजा शर्माको नाम लेखाएका छन् । यस चलचित्रमा उनको जोडी नव-अभिनेता अनिल परियारसँग बाँधिनेछ । सुदर्शन आफैंले निर्माण गर्ने चलचित्रको कथा पनि उनकै रहनेछ ।

Leave A Reply

Your email address will not be published.